१४ जेष्ठ २०८१, सोमबार

आन्दोलन स्थगन गर्न आग्रह


office

२६ भदौ, काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आन्दोलनरत सामुदायिक विद्यालयका राहत शिक्षकलाई आन्दोलन स्थगन गरी नियमित विद्यालय सञ्चालनको वातावरण बनाउन आग्रह गरेको छ ।

मन्त्रालयका प्रवक्ता बैकुण्ठ अर्यालले शिक्षकका मागप्रति मन्त्रालय सकारात्मक रहेको भन्दै आन्दोलनका कार्यक्रम स्थगन गरी विद्यालय सञ्चालनको वातावरण बनाउन आग्रह गर्नुभएको हो । राहत शिक्षकले आफ्ना विभिन्न माग राखी आन्दोलनका कार्यक्रम घोषणा गरेपछि मन्त्रालयले विज्ञप्ति जारी गर्दै आन्दोलन स्थगन गर्न भनेको हो । राहत शिक्षकले आजदेखि तीन दिनसम्म पठनपाठन बन्द गर्ने घोषणा गरेका थिए ।

प्रवक्ता अर्यालले मन्त्रालयका प्रतिनिधि, शिक्षक महासङ्घका प्रतिनिधि र राहत शिक्षक सङ्घर्ष समितिका प्रतिनिधिबीच शिक्षकको समस्या समाधानका लागि वार्ताबाट निचोडमा पुग्ने सहमति भएको भन्दै निकट भविष्यमा सङ्घीय शिक्षा विधेयकमा राहत शिक्षकका माग सम्बोधन हुने जानकारी गराउनुभयो ।

राहत शिक्षकले दरबन्दी खुलाई आफूहरुलाई स्थायी गर्नुपर्ने माग गर्दै आएका छन् । विस २०५८ देखि सरकारले विद्यालयमा दरबन्दी नराखी अनुदानमा सामुदायिक शिक्षकसरह सुविधा दिइराखेको थियो । मुलुकभरि करीब ३८ हजार राहत शिक्षक रहेका छन् (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !