१२ बैशाख २०८१, बुधबार

टर्कीमा सत्ता हत्याउने प्रयास ‘विफल’


People wave flags as they demonstrate in the Taksim Square in Istanbul People wave flags as they demonstrate in the Taksim Square in Istanbul, Turkey, July 16, 2016. REUTERS/Murad Sezer – RTSI7ZR

टर्कीमा सत्ता हत्याउन गरिएको प्रयास विफल भएको देखिएको छ।

एकजना अधिकारीले दुई ठूला शहरहरु इस्तानबुल र अंकारामा गएराति भएको गोलाबारी एवम् विस्फोटका घटनापछि सेनाका साढ ७ सयभन्दा बढी सदस्यहरुलाई पक्राउ गरिएको बताएका छन्।

२९ कर्नेल र पाँचजना जेनरललाई पदबाट हटाइएको बताइएको छ।

आत्मसमर्पण
टर्कीको टेलिभिजनले इस्तानबुलस्थित बोसफोरस नदीको पुलमा दर्जनौ सेनाहरुले बख्तरबन्द गाडीहरुबाट हात माथि उठाएर आत्मसमर्पण गरेको देखाएका छन्।

राजधानी अंकारामा अझै संघर्ष भइरहेको खबरहरु आएका छन्।

त्यहाँस्थित संसद भवनमा रातभर बख्तरबन्द गाडीले आक्रमण गरेको बताइएको छ।

प्रधानमन्त्री बिनाली यल्दरिमले सत्ता हत्याउने प्रयास गरेकाहरुले कब्जामा लिएको लडाकु विमान आक्रमण गरेर खसालिदिन सेनालाई आदेश दिएका छन्।

विद्रोही सैनिकहरुले प्रयोग गरेको कम्तीमा एउटा हेलिकोप्टर खसालिएको छ।

समाचार संस्था रोयटर्सका अनुसार कु समर्थक सैनिकहरुले उसलाई पठाएको इमेलमा उनीहरु अझै लडाइँ गरिरहेको बताएका छन्।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !