२० बैशाख २०८१, बिहिबार

१५ हजार तिरेपछि एकै दिनमा पासपोर्ट बन्ने, अनलाइनबाटै फारम


kamal-thapa

काठमाडौं–सरकारले द्रूतगतिबाट राहदानी वितरण सुरु गरेको छ। आइतबार उपप्रधान एवं परराष्ट्रमन्त्री कमल थापाले द्रूतगतिबाट राहदानी वितरणको सुरुवात गरेका हुन्। राहदानी विभाग नाराहणहिटीमा उपप्रधानमन्त्री थापाले दाङकी चन्द्रकली बुढाथोकीलाई राहदानी वितरण गर्दै द्रूतगतिबाट राहदानी वितरण सुरु गरेका हुन्।

सरकारले १५ हजार तिर्नेलाई एकै दिनमा, १२ हजार तिर्नेलाई भोलिपल्ट र १० हजार तिर्नेलाई पर्सीपल्ट राहदान दिने व्यवस्था गरेको हो । सरकारले जिल्लाबाट पनि दोब्बस दस्तुर तिर्नेलाई २४ घण्टाभित्र राहदानी उपलबध गराउने व्यवस्था मिलाएको छ । यसबाहेक सरकारले अमेरिकाको न्युर्योक र वासिंटन डिसी, संयुक्त अधिराज्य, हङकङ, मलेसियाको क्वालालम्पुर, कतार, साउदी अबरको रियाद र जेद्दाबाट द्रूतगतिबाट राहदानी उपलब्ध गराउने जनाएको छ ।

आइतबार उपप्रधान तथा परराष्ट्र मन्त्री कमल थापाले अनलाइनबाटै आवेदन दिने अनलाइन प्रणालीको उद्घाटन गरेका हुन् ।

राहदानी विभागको वेभसाइट खोल्ने वित्तिकै सबैभन्दा माथि अनलाइन पि्र-इनरोलमेन्ट लेखिएको ठाउँमा क्लिक गर्नुपर्छ । त्यहाँ आवेदनका लागि आवश्यक विवरण जानकारी गराइएको हुन्छ । र, त्यही अनुसारको विवरण भर्नुपर्नेछ ।

सेवाग्राहीले अनलाइनबाट चारवटा फारम भर्नुपर्छ । तर, त्यसरी भरिएको विवरणलाई पछि विभागले एकपटक पुनः रुजु गर्नेछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !