१४ बैशाख २०८१, शुक्रबार

गुण्डा नाइके ‘दिपक मनाङ्गे’ प्रकाउ


Deepak-Manange

१७ असार, २०७३:- काठमाडौं, पछिल्लो समयमा नेपाल प्रहरीले उपत्यकामा गुण्डागर्दि बिरुद्दको कारबाहि तिव्र बनाएको छ।
यसै क्रममा गतराती प्रहरीले बिभिन्न ठाउँमा गरेको अपरेशनबाट पुराना प्रख्यात गुण्डा नाइके ‘दिपक मनाङ्गे’ लाई प्रकाउ गरेको छ।

प्रहरीले बिहीबार राति मनाङ्गेलाई काठमाडौंबाट पक्राउ गरेको हो । महानगरीय प्रहरी परिसर काठमाडौंले अवैध रकम असुलीको आरोपमा मनाङ्गेलाई सहयोगी राजिवकुमार सिंह सहित पक्राउ गरेको हो। रिसर प्रमुख एसएसपी विक्रम सिंह थापाले धम्क्याएर रकम असुलेको उजुरीपछि अनुसन्धानको लागि मनाङ्गेलाई पक्राउ गरिएको बताए ।

मनाङ्गेले सम्पत्ति शुद्धीकरणमा मुद्दा खेपिरहेका छन् । यसैक्रममा उनले केही दिनअघि विशेष अदालत पुगेर कर्मचारीलाई थर्काएको र त्यही कारण उनलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ। मनाङ्गेमाथि ठमेल क्षेत्रमा पनि गुन्डागर्दी गरेको उजुरी परेको छ ।आपराधिक गतिविधिबाट अकुत सम्पति कमाएको मुद्दा खेपिरहेका मनाङ्गे पछिल्लो समय निष्क्रिय जस्ता पनि देखिएका थिए ।

प्रहरीले काठमाडौंमा गुन्डागर्दी गर्नेहरु विरुद्ध कारबाही थालिएको बताउँदै केही समययता पुराना तथा नयाँ गुन्डाहरुलाई पक्राउ गरिरहेको छ ।

गतसाता मात्रै प्रहरीले गुन्डागर्दीको आरोपमा बाफलका जसवन्त राईलाई गोली हानी बबरमहलबाट पक्राउ गरेको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !