२५ बैशाख २०८१, मंगलबार

यातायात कार्यालयले सेवा दिन नसक्दा सेवाग्राही मारमा


Nepalpatra

१६ साउन, उदयपुर । सदरमुकाम गाईघाटमा रहेको यातायात व्यवस्था सेवा कार्यालयले आवश्यक सेवा दिन नसक्दा सेवाग्राही मारमा परेका छन् ।

सेवाग्राही आवश्यक सेवा लिनका लागि अन्यत्र धाउन बाध्य छन् । सगरमाथा अञ्चलका विभिन्न पहाडी जिल्लाका सेवाग्राहीलाई सेवा दिन २०७२ सालमा सिरहाको लाहान यातायात कार्यालयको उपशाखाको रुपमा गाईघाटमा कार्यालय स्थापना भएको थियो ।

कार्यालय स्थापनाको चार वर्ष बितिसक्दा पनि सो कार्यालयले अहिले बिलबुक नवीकरण तथा सामान्य कर लिने बाहेक अन्य सेवा दिन सकेको छैन । सेवाग्राही प्रदेश नं २ को लाहान र इटहरी धाउन बाध्य भएका छन् । बेल्टारका यातायात व्यवसायी राजेश कार्की सवारीसाधनको लाइसेन्स नवीकरण गर्न, सवारीसाधन किनबेच गर्दा कागजपत्र गर्न तथा सवारी रुटको अनुमति लिन लाहान र इटहरी धाउनुपरेको बताउनुहुन्छ ।

खोटाङ दिक्तेल बजारका जीवन श्रेष्ठ सवारी रुटको अनुमति लिन तथा सवारीसाधन किनबेचका लागि हजारौँ रुपैयाँ खर्च गरेर गाईघाट आएपनि काम नहुँदा लाहान धाउनुपर्ने बाध्यता रहेको बताउनुहुन्छ ।

यातायात व्यवस्था सेवा कार्यालय गाईघाटका सूचना अधिकृत एवं लेखापाल कृत रायमाझी ानकारी माग्दा रायमाझीले कार्यालयले सेवाग्रहीलाई आवश्यक सेवा दिन नसकेको स्विकार्नुभयो । सम्बन्धित विभागबाट अन्य सेवा दिन र व्यवस्थापन गर्न निर्देशन नआएका कारण सेवाग्राहीलाई आवश्यक सेवा उपलब्ध गराउन नसकेको उहाँको भनाइ छ ।

सो कार्यालयमा पाँचजना कर्मचारी कार्यरत छन् । सोलुखुम्बु, ओखलढुंगा, खोटाङ र उदयपुरका सेवाग्राहीलाई लक्ष्य गरी उक्त कार्यालय स्थापना गरिएको हो ।(रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !