२१ बैशाख २०८१, शुक्रबार

राष्ट्रपति सर्वोत्कृष्ट कृषक पुरस्कार कास्कीका इमानबहादुर गुरुङ लाई


Best-Farmer-of-Nepal

१६ असार,२०७३:- असार १५ अर्थात राष्ट्रिय धान दिवसको अवसरमा कृषि विकास मन्त्रालयले यस वर्षको सर्वोत्कृष्ट कृषक लाहाचोक–५ कास्कीका इमानबहादुर गुरुङलाई छनौट गर्दै २ लाख नगदसहित राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार प्रदान गरेको छ ।

कृषि क्षेत्रकै सबैभन्दा ठुलो राशीको पुरस्कार पाउने गुरुङ दोस्रो किसान हुन् । गत वर्षदेखि सुरु भएको यो पुरस्कार प्राप्त गर्ने कैलाली टिकापुरका कालु हमाल पहिलो किसान हुन् । ४९ वर्षीय गुरुङलाई कृषि विकास मन्त्री हरिबोल गजुरेल र पशुविकास मन्त्री शान्ता मानवीले खुमलटारस्थित नार्क परिसरमा संयुक्त रुपमा पुरस्कार हस्तान्तरण गरेका थिए ।

करिब ६ करोड लगानीमा भैसीपालन गर्दै पोखरामा दुध बिक्रि गरीरहेका गुरुङले गत वर्ष मात्रै १ करोड ६२ लाख रुपैयाँ बराबरको दुधको कारोबार गरेका थिए । ३७ जनालाई रोजगारी पनि दिँदै आएका उनीसँग हाल ३ सय हाराहारी भैंसी छन् । ‘२०६७ सालमा ३ वटा भैंसीबाट व्यवसाय सुरु गरेको यतिबेला ३ सय बढी भैसी छन्,’ पुरस्कार प्राप्त गरेपछी उनले भने ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !