२२ बैशाख २०८१, शनिबार

फ्रेन्डसीप ट्रष्टद्वारा विद्यालयलाई सोलार सहयोग


chandra

२५ असार, खोटाङ । ‘साकुमा फ्रेन्डसीप ट्रष्ट’ ले बाराहपोखरी गाँउपालिका वडा न.२ सुन्तलेमा रहेको श्री ज्यू माविलाई दश थान कम्प्युटर लगातार तीन घण्टा चल्न सक्ने १६ थान चार किलो वाट बराबरको सोलर प्यानलको सहयोग गरिएको छ ।

एलाइन थोमस र जान स्तान्टोन विदेशी नागरिकसँग सहकार्य गर्दै सुन्तले साकुमा निवासि ट्रष्ट संचालक चन्द्र कुमार राईले रोजगारीको शिलशिलामा पराई भूमिमा रहनु हुने सुन्तले दाजुभाई तथा दिदीबहिनीहरुसँग कम्प्युटर शिक्षा र अक्षयकोष स्थापना गर्नको लागि आर्थिक सहयोगको आह्वान समेत गरेका छन् ।

सोलर प्यानल श्री ज्यू माबीलाई उपलब्ध गरि जोडान कार्य सकिएको तर कम्प्युटरको अभाव रहेकोले अक्षयकोष स्थापना गरि संकलन भएको सहयोग रकमले केही थान कम्प्युटर खरिद गर्न लागिएको संचालक राईले बताए ।

सुन्तलेबासी दाजुभाई तथा दिदीबहिनीहरुसँग हातेमालो गर्दै कम्प्युटर सहयोग तथा अक्षयकोष स्थापनाको लागि आर्थिक संकलन अभियानमा सहयोग गरि हाम्रो श्री ज्यू मावि सुन्तलेको विद्यार्थी भाई बहिनिहरुको कम्प्युटर शिक्षा पढ्ने ईच्छा यहाँहरुले सहयोगले गर्दा थोरै भएपनि पुरा हुनसक्ने संचालक राईले बताए ।

‘विभिन्न हिसाबले निकै विकट ठाउँमा रहेको बराहपोखरी गाउँपालिका २ सुन्तलेमा २०४९ देखि अहिले २०७५ सालसम्म दुई बिदेशी नागरिकसँग सहकार्य गरेर मैले मेरो गाउँको लागि सहयोगको योजनाहरु पारी रहेको छु । यसमा मैले दु:ख सुखका पाटाहरु धेरै खेपेको छु’ ट्रष्ट संचालक राईले भने ।

दु:ख सुखका पाटाहरु धेरै खेपेको र यातायात, स्वास्थ्य र शिक्षाको सुबिधावाट पनि पिछडिएको गाविसवाट चिनिने सुन्तलेका वासिन्दाले हरेक सामानहरु बोकेर लानुपर्ने राईले बताए । राईले गाउँका विभिन्न क्षेत्रमा योगदान गर्दै आएका छन ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !