
ललितपुर । ललितपुरको मंगलबारमा १५ वर्षीय दाइले आफ्नै ११ वर्षकी बहिनीको हत्या गरेको खुलेको छ । ललितपुरको मंगलबजार नजिक खपिन्छें टोलस्थित एक घरको पानीट्यांकीमा मृत भेटिएकी ११ वर्षीया बालिकाको आफ्नै दाईले हत्या गरेको आशंका गरिएको हो ।
ललितपुरको मंगलबजारमा ११ वर्षीया बालिकाको हत्या प्रकरणमा प्रहरीले दाइलाई पक्राउ गरेको छ। मृतकका १५ वर्षीय दाइलाई पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले मंगलबार जनाएको छ ।
मृत फेला परेकी किशोरीको हत्या उनका सहोदर दाइले गरेको खुलेको हो । चैत २९ गते मंगलबजार, खपिनछेँ टोलको एक घरको पानीट्यांकीमा ११ वर्षीया बालिकाको शव भेटिएको छ । उनको हत्या चैत ४ गते भएको थियो ।
ललितपुर महानगरपालिका वडा नं १२, मंगलबजार बस्ने भगबती बोहराले ११ वर्षीय छोरी दुर्गा बोहरा चैत ४ गते राति साढे ९ बजे बाट हराएको भन्दै जिल्ला प्रहरी परिसर ललितपुरमा निवेदन दिएकी थिइन् ।