२२ बैशाख २०८१, शनिबार

बाँसबारी छाला जुत्ता कम्पनीको जग्गा फिर्ता लिने सरकारको निर्णय


बाँसबारी छाला जुत्ता कम्पनी

काठमाडौँ । सरकारले बाँसबारी छाला जुत्ता कम्पनीको जग्गा सरकारीकरण गर्ने निर्णय गरेको छ । भूमि सुधार तथा मालपोत कार्यालय डिल्लीबजारले शुक्रबार सो निर्णय गरेको हो ।

बाँसबारी छाला जुत्ता उद्योगबाट च्याम्पियन फुटवेयरले पाएको १० रोपनी जग्गा सरकारको नाममा फिर्ता ल्याइने भएको हो । भूमिसुधार तथा मालपोत कार्यालय डिल्लीबजारले सो जग्गा सरकारकै भएको ठहर गर्दै आज सो निर्णय गरेको हो ।

कार्यालयका अधिकारीले मालपोत ऐन २०३४ को दफा २४ भएको व्यवस्था अनुसार उक्त जग्गा सरकारको नाममा ल्याएको बताए । दुई पटक गएर १० रोपनी जग्गा च्याम्पियन फुटवेयरको नाममा नामसारी भएको थियो ।

मन्त्रिपरिषद्को निर्णय वा नेपाल सरकारको सहमति-स्वीकृतिबिना जग्गा फुटवेयरको नाममा गएको ठहर गरिएको आज आयोजित पत्रकार सम्मेलनमा बताइएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !