२० बैशाख २०८१, बिहिबार

प्रभु बैंकका सिनियर डेपुटी सिइओ न्यौपानेसहित १० जना पक्राउ


पक्राउ

काठमाडौँ । केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) को टोलीले प्रभु बैंकका सिनियर डेपुटी सिइओ मनोज न्यौपानेसहित दश जनालाई पक्राउ गरेको छ ।

ऋण अपचलन गरेको अभियोगमा न्यौपानेसहित दश जनालाई आज पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) का प्रवक्ता तथा प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए ।

“दश जनालाई नियन्त्रणमा लिएका छौँ”, उनले भने, “अहिले छानबिन जारी छ । छानबिन सकिएपछि सबैको नाम सार्वजनिक गछौँ ।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !