६ श्रावण २०८१, आइतबार

सिन्धुपाल्चोकको हेलम्बुमा जिप दुर्घटना : दुई भुटानी नागरिकको मृत्यु


सिन्धुपाल्चोकको हेलम्बुमा जिप दुर्घटना

चौतारा, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–१ दोरिङ भिरमा जिप दुर्घटना हुँदा दुई भुटानी नागरिकको मृत्यु भएको छ ।

बा२च ४४५० नम्बरको जिप दुर्घटना हुँदा अन्य पाँच जना घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सञ्जीवकुमार यादवले जानकारी दिए । मृत्यु हुनेमा ३३ वर्षीय अब्गे र ७१ वर्षीया वाङ्मु रहेका छन् । दुवैजनाको घट्नास्थलमै ज्यान गएको हो ।

दुर्घटनामा घाइते हुनेमा चार भुटानी र एक नेपाली नागरिक रहेका प्रहरी निरीक्षक यादवले बताए । घाइते हुनेमा सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–२ का चालक ४२ वर्षीय रामचन्द्र भण्डारी तथा भुटानी नागरिक ७४ वर्षीय हाइज, ४२ वर्षीया फुपा छिरिङ, ६५ वर्षीया गुची र ५६ वर्षीय फुँङ रहेका छन् ।

घाइतेलाई उपचारका लागि हेलिकप्टरमा काठमाडौँ लगिएको प्रहरीले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !