२३ बैशाख २०८१, आइतबार

दाङमा नाइट बस दुर्घटना : घटनास्थलमै दुई जनाको मृत्यु


दुर्घटना

देउखुरी । दाङमा बस दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । दुईजना घाइते भएका छन् ।

बर्दियाबाट काठमाडौं जाँदै गरेको प्रदेश ३ ०१००५ ख ९७१९ नम्बरको बस दाङ लमही नगरपालिका–९ रिहार नजिकै गएराति दुर्घटना हुँदा बसमा सवार दुईजनाको घटनास्थलमै मृत्यु भएको हो ।

बर्दिया गेरुवा गाउँपालिका–१ निवासी ३६ वर्षीय भीमनाथ योगी र युवराज चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय अमिलियाका प्रहरी निरीक्षक लालबहादुर श्रेष्ठले जानकारी दिए ।

बसमा ४७ यात्रु सवार रहेकामा दुईजना घाइते भएका छन् । अन्य यात्रु सकुशल रहेको उनले बताए । शवलाई लमही अस्पतालमा राखिएको छ । बसको पट्टा भाँचिएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !