२३ बैशाख २०८१, आइतबार

इच्छाराज तामाङ सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर


इच्छाराज तामाङ

काठमाडौं । सम्पत्ति शुद्धीकरण मुद्दामा इच्छाराज तामाङ दोषी ठहर भएका छन् । संविधानसभा सदस्य समेत रहेका तामाङ सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर भएका हुन् ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरु तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले उनलाई दोषी ठहर गरेको हो । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उनीविरुद्ध उजुरी दिएको थियो ।

विभागले उनीविरुद्ध ३ अर्ब ३१ करोड विगोसहित उनको नाममा रहेको जग्गा र सम्पत्ति जफत हुनुपर्ने माग दाबी गरेको थियो । उनी विरुद्धको कसुर निर्धारणका लागि माघ २१ मा अर्को पेसी तोकिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !