२४ बैशाख २०८१, सोमबार

न्यायाधीश गिरीकी पत्नी आरती सर्वोच्च परिसरबाट पक्राउ


सर्वोच्च परिसरबाट सशस्त्र प्रहरी हटाइयो फाइल फोटो

काठमाडौं । बलात्कार मुद्दामा पक्राउ परेका जिल्ला न्यायाधीश भुवन गिरीकी पत्नी आरती सर्वोच्च अदालत परिसरबाट पक्राउ परेकी छन् । आज मंगलबार सर्वोच्च अदालतभित्र प्रवेश गर्न खोज्दा उनी गेटबाटै पक्राउ परेकी हुन् ।

प्रहरीले उनलाई प्रक्राउ गरेर महानगरीय प्रहरी वृत्त सिंहदरबारमा राखेको छ । गत आइतबार दिउँसो उनले सर्वोच्च अदालतको गेटबाहिर पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेकी थिइन् ।

उनले आफ्नो शरीरमा पेट्रोल खन्याउन लागेपछि प्रहरीले रोकेको थियो । प्रहरीले उनीसँग रहेको पेट्रोलको बोतल र सलाई खोसेर नियन्त्रणमा लिएको थियो छ ।

आरतीले न्यायधीश गिरीविरुद्ध बैवाहिक बलात्कारको आरोपमा उजुरी दिएकी छन् । यसअघि पक्राउ परेका गिरीलाई अदालतले धरौटीमा रिहा गरेको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !