१४ जेष्ठ २०८१, सोमबार

जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर ५.८ म्याग्निच्युडको भूकम्प


भूकम्प

काठमाडौँ । जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर ५.८ रेक्टर स्केलको भूकम्प पुन: गएको छ । जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर आज बेलकी ४ बजेर ३१ मिनेट जाँदा ५.८ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका बरिष्ठ भुकम्पविद् लोकविजय अधिकारीले भूकम्प गएको सामाजिक संजाल फेसबुकमार्फत जानकारी दिएका हुन् । भूकम्पको धक्का छिमेकी जिल्लामा पनि महसुस गरिएको स्थानीयले जनाएका छन् ।

गत शुक्रबार राति ११ बजेर ४७ मिनेटमा रामीडाँडा आसपास नै केन्द्रविन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो । आजको धक्का सोही भूकम्पको परकम्प भएको केन्द्रका भूकम्पविद्ले बताएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !