२१ बैशाख २०८१, शुक्रबार

दसैँ बिदामा पनि मानवअधिकार आयोगले सेवा प्रवाह गर्ने


राष्ट्रिय मानव अधिकार आयोग

काठमाडौँ । दसैँ बिदामा पनि राष्ट्रिय मानवअधिकार आयोगको केन्द्रीय, प्रदेश तथा प्रदेश शाखा कार्यालय बिहान ११ः०० देखि दिउँसो २ः०० बजेसम्म खुला रहने भएको छ ।

आमनागरिकको मानवअधिकार संरक्षणलाई दष्टिगत गरी राखी बिदाका दिनमा पनि कार्यालय बन्द नगर्ने व्यवस्था मिलाइएको आयोगले जनाएको छ ।

आयोगले उक्त अवधिमा मानवअधिकार उल्लङ्घनका घटनामा उजुरी लिने तथा आवश्यकताअनुसार गम्भीर प्रकृतिका घटनाको अनुगमन गर्ने बताएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !