२३ बैशाख २०८१, आइतबार

गोरखा–आबुँखैरेनी सडकको कट्टेलचोकमा बम जस्तै शंकास्पद वस्तु फेला


शंकास्पद वस्तु

काठमाडौं । गोरखा जिल्लाको गोरखा नगरपालिका–८ स्थित कट्टेलचोकमा शंकास्पद वस्तु फेला परेको छ । आज शनिबार बिहान गोरखा–आबुँखैरेनी सडकमा कुकर बमजस्तो देखिने शंकास्पद वस्तु फेला परेको हो ।

मुख्य सडकमा टेप बाँधेर राखेको अवस्थामा कुकर फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । उक्त शंकास्पद वस्तु निस्क्रिय पार्न नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थल पुगेको छ ।

उक्त शंकास्पद वस्तु कसले किन राखेको हो भन्नबोर अहिलेसम्म थाहा हुन सकेको छैन । शंकास्पद बस्तु फेला परेसँगै सवारी आवगमन प्रभावित भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !