२३ बैशाख २०८१, आइतबार

दक्षिण कोरियाका नेपालको भौतिक पूर्वाधार क्षेत्रमा लगानी गर्न तयार


प्रकाश ज्वाला र थेयङ पार्क

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालासँग दक्षिण कोरियाको एक टोलीले भौतिक पूर्वाधारका क्षेत्रमा लगानी गर्न प्रस्ताव मागेको छ । नेपालको हाइड्रो क्षेत्रमा लगानी गर्दै आएको दक्षिण कोरियाले भौतिक पूर्वाधारका क्षेत्रमा पनि लगानी गर्ने आफुहरु तयार रहेको बताएको छ ।

केही महिनापछि नेपाल र दक्षिण कोरिया दौत्य सम्बन्धको ५० बर्ष पुरा हुँदैछ । दौत्य सम्बन्ध पुरा भएको अवसरमा केही ठोस योजनाहरु दिए आफुहरु लगानी गर्न तयार रहेको नेपालका लागि दक्षिण कोरियाका राजदूत थेयङ पार्कले बताए ।

सोमबार मन्त्री ज्वालालाई भेट्न सिंहदरवार पुगेको राजदूतसहितको टोलीले सडक वा रेलका क्षेत्रमा लगानी गर्न आफ्नो देश तयार रहेको बताए । भौतिक पूर्वाधारका हिसावले नेपालमा अझै धेरै गर्नुपर्ने भएकोले त्यसका लागि ठोस आयोजनामा छलफल गर्न तयार रहेको राजदूत पार्कले बताए ।

जवाफमा मन्त्री ज्वालाले भौतिक पूर्वाधारका क्षेत्रमा महत्वपूर्ण सम्झौता हुनसके दुई देशबीचको सम्बन्ध अझै प्रगाढ हुने बताए । ‘केही समयमा दुई देशबीचको दौत्य सम्बन्ध ५० बर्ष पुग्दैछ, यहीबेला भौतिक पूर्वाधारका क्षेत्रमा महत्वपूर्ण निर्णय लिनसके दुई देशबीको सम्बन्ध अझै प्रगाढ हुन्छ’ मन्त्री ज्वालाले भने । मन्त्री ज्वालाले नेपालका इन्जिनियरहरुलाई तालिम दिएकोमा दक्षिण कोरिया सरकारलाई धन्यवाद दिए ।

सन् २०१८ मा नेपाल र दक्षिण कोरियाबीच भौतिक पूर्वाधारका बिषयमा सम्झौता गर्ने तयारी थियो । सरकार परिवर्तनले हुन नसकेको सम्झौतालाई अगाडि बढाउन राजदुत पार्कले माग गरेका थिए । जवाफमा मन्त्री ज्वालाले सम्झौतालाई अध्ययन गरी अगाडी बढाउन आफुले पहल गर्ने बताएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !