४ जेष्ठ २०८१, शुक्रबार

काठमाडौंबाट पोखरा जाँदै गरेको बस त्रिशुलीमा खस्दा ८ जनाको मृत्यु


बस त्रिशुलीमा खस्दा

मलेखु । काठमाडौँबाट पोखरा जाँदै गरेको बस धादिङको गजुरी गाउँपालिका–२ चालिसेस्थित छहराबाट त्रिशूली नदीमा खस्दा ८ जनाको मृत्यु भएको छ । काठमाडौँबाट पोखरातर्फ जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९९५२ नं बस अनियन्त्रित भई त्रिशूली नदीमा सडकबाट नदीमा खसेको हो ।

मृतकमध्ये २ जना महिला र ६ जना पुरूष छन् । जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारका अनुसार घाइतेहरुमध्ये ८ जनाको उद्धार गरिएको छ ।

बस त्रिशुलीमा खस्दा

घाइते ५ जनालाई थप उपचारको लागि काठमाडौं पठाइएको छ । गजुरी अस्पतालमा उचार सम्भव नभएका ५ जनालाई काठमाडौं पठाइएको हो । गजुरीको छहरानजिकैबाट त्रिशुलीमा बस खसेको हो ।

बसको आधा भाग पानीमा डुबेको अवस्थामा रहेको छ । घाइतेहरूको उद्धार गरी, गजुरी स्वास्थ्य चौकी, गजुरी अस्पताल र राजमार्ग अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाको बारमा विस्तृत विवरण आउन बाँकी छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !