२२ बैशाख २०८१, शनिबार

नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा


नारायणगढ–मुग्लिन सडक फाइल फोटो

मुग्लिन, चितवन । पहिरोका कारण अवरुद्ध नरायणगढ–मुग्लिन सडक दुइतर्फी सञ्चालनमा आएको छ ।

केहीबरे अघि पहिरो पन्छ्याएर उक्त सडक दुईतर्फी सञ्चालनमा ल्याइएको सडक डिभिजन कार्यालय भरतपुरका सूचना अधिकारी इञ्जिनियर चण्डेश्वर साहले जानकारी दिए ।

चितवनको ईच्छाकामना–६ नाम्सीखोला पुलमा गए राति ८ बजे पहिरो खसेपछि सडक पूर्णरुपमा अवरुद्ध बनेको थियो । पहिरो हटाएसँगैँ सवारी साधन आ–आफ्नो गन्तव्यतर्फ लागेका छन् । पहिरोका कारण नरायणगढ–मुग्लिन सडकखण्ड पटक–पटक अवरुद्ध हुँदै आएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !