२४ बैशाख २०८१, सोमबार

बझाङमा ३.९ रेक्टर स्केलको भूकम्पको धक्का


भूकम्प

काठमाडौं । बझाङमा भूकम्प गएको छ । बझाङको खिराताडी आसपास केन्द्रबिन्दु भएर ३.९ रेक्टर स्केलको भूकम्पको धक्का महसूस गरिएको हो ।

हिजो बिहीबार राति ९ बजेर १३ मिनेटमा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । यसअघि गत साउन ३ गते कास्कीको मिर्सा आसपास केन्द्रबिन्दु भएर ४ रेक्टर स्केलको भूकम्प गएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !