१८ बैशाख २०८१, मंगलबार

गगनको क्षेत्र कपनमा बालेनको डोजर, स्थानीयको विरोध


बालेनको डोजर

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले महानगरको सीमा क्षेत्रमा सात तले कपन क्षेत्रको खोलामाथि डोजर चलाएको छ । काठमाडाैं महानगरपालिका-७ स्थित कपन खोलामाथि राखिएको स्ल्याब हटाउन नगरप्रहरीको टोली कपनकाे स्थानमा पुगेको हो ।

महानगरले बुढानिलकण्ठ नगरपालिका र काठमाडौं महानगरपालिका-७ को सीमाना पर्ने कपन खोलामाथि राखिएको स्ल्याब हटाउन लागेको हो । उक्त क्षेत्र नेपाली काँग्रेसका महामन्त्री समेत रहेका सांसद गगन थापाको निर्वाचन क्षेत्र हो ।

खोलामाथि राखेको स्ल्याब हटाउन काठमाडौँ महानगरले डोजर चलाएपछि विवाद भएको हो । बुढानीलकण्ठ क्षेत्रमा महानगरले डोजर चलाएपछि स्थानीयले विरोध गरेका हुन् ।

स्ल्याब हटाउन गएको महानगरको नगर प्रहरी र स्थानीयबीच झडप समेत भएको स्थानीयले बताएका छन् । उक्त क्षेत्रमा सानो पानी पर्दा समेत डुबान हुने गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !