२३ बैशाख २०८१, आइतबार

त्रिभुवन विमानस्थल भन्सारका तीन कर्मचारी र तीन एजेन्ट पक्राउ


राजस्व अनुसन्धान विभाग

काठमाडौँ । अवैध रूपमा भित्रिएको करिब १ सय किलो सुन प्रकरणमा थप ६ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ३ जना त्रिभुवन विमानस्थल भन्सार कार्यालयका कर्मचारीहरु र ३ जना भन्सार एजेन्ट रहेका छन् ।

पक्राउ पर्नेहरूमा भन्सार कर्मचारीहरू भन्सार अधिकृत सन्तोष चन्द, खरिदार जाँचकी कुमार ढकाल र एक्सरे अपरेटर सरोज श्रेष्ठ तथा भन्सार एजेन्टहरू सुदर्शन गौतम, यादव पराजुली र रुकमिना सुब्बा रहेका छन् । उनीहरुलाई सो प्रकरणमा संलग्नता देखिएको आधारमा नियन्त्रणमा लिइएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !