२३ बैशाख २०८१, आइतबार

मीनबहादुरसहित तीन जनाको रिट खारेज, थुनामै राख्न सर्वोच्चको अनुमति


ललिता निवास प्रकरण मीनबहादुर गुरुङ

काठमाडौं । सर्वोच्च अदालतले ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङसहित तीन जनाको बन्दी प्रत्यक्षीकरणको रिट खारेज गरिदिएको छ ।

न्यायाधीशद्वय प्रकाशकुमार ढुंगाना र नहकुल सुवेदीको संयुक्त इजलासले सुधीरकुमार शाह, धर्मप्रसाद गौतम र मीनबहादुर गुरुङ सहित तीन जनाले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिट खारेज गरेको हो । सर्वोच्चले ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेकाहरुलाई छाड्न अस्वीकार गरेको हो ।

सर्वोच्चले ललितानिवास प्रकरणमा पक्राउ परेका सञ्चारसचिव कृष्णबहादुर राउतबाहेक अन्यलाई छाड्न अस्वीकार गरेको हो । योसँगै १७ जनाको हकमा सर्वोच्च अदालतले २०७९ साल साउन ४ गते जारी गरेको अन्तरिम आदेश पनि खारेज गरेको हो ।

ललिता निवास क्याम्पभित्रको सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गर्न सरकारी कागजात कीर्ते गरेको भन्दै केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले गुरुङ लगायतका व्यक्तिहरुलाई पक्राउ गरी सरकारी कागजात कीर्तेमा अनुसन्धान जारी राखेको छ ।

यो पनि पढ्नुहोस्

सञ्चारसचिव कृष्णबहादुर राउतलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !