२२ बैशाख २०८१, शनिबार

७३ वर्षीया वृद्धालाई बसभित्र सामूहिक बलात्कार गर्ने २० र ३० वर्षीय दुई युवक पक्राउ


यौन शोषण

दाङ । दाङ जिल्लाको तुलसीपुरमा ७३ वर्षीया वृद्धालाई बसभित्र सामूहिक बलात्कार भएको छ । बलात्कार आरोपमा प्रहरीले २० र ३० वर्षीय २ जना युवकलाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार हिजो बिहीबार राति तुलसीपुर उपमहानगरपालिका–५ स्थित बसपार्कमा पार्किङ गरेर राखिएको ना ४ ख ७८४८ नम्बरको बसभित्र प्युठानकी ७३ वर्षीया वृद्धालाई सामूहिक बलात्कार भएको हो ।

बलात्कार आरोपमा दाङकै तुलसीपुर उपमहानगरपालिका–१५ का ३० वर्षीय पुष्कर रोका र सल्यान कुमाख गाउँपालिका–७ का २० वर्षीय रेशम विकलाई प्रहरीले पक्राउ गरेको हो ।

महिलाको चित्कार सुनेपछि स्थानीयले प्रहरीलाई सूचना दिएको बताइएको छ । वृद्धालाई बलात्कार भइरहेको सूचना आएपछि पुगेको प्रहरी टोलीले घटनास्थलबाट ती दुई युवकलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार आँखाको उपचार गर्न तुलसीपुर आएकी ती वृद्धा बसपार्क छेउमा उभिरहेका बेला ती युवकहरूले ‍फकाएर बसभित्र लगी पालैपालो बलात्कार गरेका हुन् । त्यसपछि बलात्कार गरी रहेकै अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !