२३ बैशाख २०८१, आइतबार

काठमाडौँको सिनामंगलमा शंकास्पद वस्तु फेला


विराटनगर शंकास्पद वस्तु फाइल फोटो

काठमाडौँ । काठमाडौँको सिनामंगलमा शंकास्पद वस्तु फेला परेको छ । सिनामंगलस्थित खोटाङ हलेसी ज्वेलर्स अगाडि शंकास्पद वस्तु भेटिएको प्रहरीले जनाएको छ ।

गौशालाका डिएसपी नेतृत्वको प्रहरी टिम घटनास्थलमा पुगेर अनुसन्धान जारी राखेको छ । घटनास्थलमा नेपाल क्रान्तिकारी पार्टीको पर्चा भेटिएको पनि प्रहरीले बताएको छ । शंकास्पद वस्तु नजिकै हाम्रो पार्टी नेपाल उत्थान क्रान्तिकारी पार्टीको पर्चा पनि भेटिएको छ ।

पर्चामा लेखिएको छ, ‘खोटाङ हलेसी ज्वेलर्सको साहुजी हाम्रो पार्टी नेपाल उत्थान क्रान्तिकारी पार्टीलाई सपोर्ट गर्नूहोस्। तपाईंको सहयोगले हाम्रो देश र जनताहरूलाई ठूलो प्रगति हुनेछ भन्ने हाम्रो आश हो। यहाँ आरडिएक्स बारुदको बम राखिएको छ । सावधान रहनूहोला । संयोजक सफल ।’

उक्त शंकास्पद वस्तुलाई प्रहरीले डिस्पोजको तयारी गरिएको छ । प्रहरीका अनुसार बम डिस्पाेजलका लागि आर्मीकाे टाेलीलाई खबर गरिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !