२२ बैशाख २०८१, शनिबार

घनश्याम उपाध्यायलाई सचिवमा बढुवा गर्ने सरकारको निर्णय


घनश्याम उपाध्याय

काठमाडौँ । सरकारले घनश्याम उपाध्यायलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको मन्त्रिपरिषद्को बैठकले काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी रहेका उपध्यायलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो ।

मन्त्रिपरिषद्को बैठकले निजामति सेवाको राजपत्राङ्कित विशिष्ट श्रेणीको रिक्त पदमा घनश्याम उपाध्यायलाई बढुवा गर्ने पनि निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगको कार्यावधि विसं २०८० पुस मसान्तसम्म थप गर्न बाधा अड्काउ फुकाउको निम्ति आदेश जारी गर्ने भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !