२३ बैशाख २०८१, आइतबार

प्युठानको स्वर्गद्वारीबाट फर्कँदै गरेको कार दुर्घटना हुँदा ८ जना गम्भीर घाइते


कार दुर्घटना

काठमाडौं । प्युठानको स्वर्गद्वारीबाट फर्कँदै गरेको कार दुर्घटना हुँदा ८ जना गम्भीर घाइते भएका छन् । आज सोमबार स्वर्गद्वारी मन्दिरमा दर्शन गरी फर्किने क्रममा प्यूठानको भिग्री नजिक कार दुर्घटना भएको हो ।

सोमबार दिउँसो ३ः३० बजेको समयमा प्युठानको स्वर्गद्वारी नगरपालिका–४, भ्यागुते भन्ने ठाउँमा लु १ च ६३४५ नम्वरको कार दुर्घटना हुँदा कारमा सवार २ पुरुष, २ महिला र ४ जना बालबालिकासहित ८ जना गम्भीर घाइते भएको प्रहरीले जानकारी दिएको छ । घाइतेहरूको उद्धार गरी अस्पताल पठाइएको प्रहरीले जानकारी दिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !