२१ बैशाख २०८१, शुक्रबार

भूमिहिनलाई जग्गा वितरण सुरु, इलामका २५ परिवारले पाए पुर्जा


रन्जिता श्रेष्ठ

इलाम । सरकारले भूमिहिन दलित तथा सुकुम्वासीहरुलाई जग्गाधनी लालपुर्जा बितरणको काम सुरु गरेको छ । आज बुधबार एक कार्यक्रमकाबीच भूमि व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्री रञ्जिता श्रेष्ठले ईलामका २५ परिवार भूमिहिन सुकुम्वासीहरुलाई जग्गाधनी लालपुर्जा प्रदान गरेकी हुन् ।

मन्त्री श्रेष्ठले लामो समयदेखि सुकुम्वासी भएर बसेका चुलाचुली गाउँपालिकाका २५ परिवारलाई पुर्जा हस्तान्तरण गरेकी हुन् । आफु मन्त्री बनेपछि प्राविधिक काम सकेर पहिलोपटक भूमिहिनहरुलाई पुर्जा बितरण सुरु गरेको बताउँदै अब देशभर यो अभियान सुरु गर्ने उनले बताइन् ।

‘यो देशमा हजारौँ भूमिहिन, दलित तथा सुकुम्वासीहरु हुनुहुन्छ, उहाँहरुको पिडा र मर्का मलाई राम्रैसँग थाहा छ । आज उहाँहरुलाई जग्गाधनी लालपुर्जा दिने ठाउँमा पुगेको छु’, उनले भनिन्, ‘मैले नेतृत्व लिएर आएदेखि देशभर भूमिहिनहरुलाई जमिन उपलब्ध गराउनका निम्ति स्पिडमा काम भईरहेको छ । जसको नतिजा आजदेखि देखिँदैछ । आजदेखि औपचारिक रुपमा हामीले भूमीहिनलाई पुर्जा बितरण सुरु गयौँ, यो अभियान देशभर चुस्तदुरुस्त जान्छ ।’

भूमिहिन दलित सुकुम्वासीहरुलाई भूमी माथिको पहुँच पुर्याउने उदेश्यका साथ तीनतहका सरकारको साझा कार्यक्रमको रुपमा अघि बढिरहेको भन्दै अब कोही पनि नेपाली नागरिक भूमि अधिकारबाट बन्चित हुनु नपर्ने बताइन् ।

राष्ट्रिय भूमि आयोग जिल्ला समिति ईलामका अध्यक्ष केशव निरौलाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि मन्त्री श्रेष्ठ, बिशेष अतिथि आयोगका राष्ट्रिय अध्यक्ष नहेन्द्रं खड्का, चुलाचुली गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङ लगायतको उपस्थिती रहेको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !