२२ बैशाख २०८१, शनिबार

गणतन्त्र दिवसको अवसरमा बागमती सरकारद्वारा रक्तदान आयोजना


रक्तदान आयोजना

हेटौंडा । १६ औं गणतन्त्र दिवसको अवसरमा आज आइतवार बागमती प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयले हेटौंडाको बुद्ध चोकमा आयोजना गरेको रक्तदान कार्यक्रमको उद्घाटन आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले रक्तदान गरेर गरे ।

सो अवसरमा उनले प्रदेशवासी सबैलाई गणतन्त्र दिवसको शुभकामना दिँदै भने- `रक्तदान जीवनदान हो, यसलाई संस्कृतिको रूपमा विकास गर्नुपर्छ ।´

सो अवसरमा उनले गणतन्त्रको यस १५ वर्षमा धेरै राम्रा कामहरू भएका छन् । तर प्रतिगामी शक्तिहरूले `गणतन्त्र कि राजतन्त्र´ भन्नेजस्ता हास्यास्पद कुरा गर्दै हिँडिरहेको कुरा पनि बताए । राजावादीहरूको यस्तो तर्कलाई उनले मान्छेलाई `स्वर्ग जान्छस् कि नर्क´ भनेर सोध्नुजस्तै हो भन्दै व्यंग्य गरे ।

उनले भने- `नेपालमा राजतन्त्र इतिहास बनिसक्यो, अब कसैले चाहेर राजतन्त्र फर्किदैँन । त्यसैले नेपाली इतिहासकै सबैभन्दा महान उपलब्धि गणतन्त्रलाई थप सुदृढ गर्न सबै एकताबद्ध हुनुपर्छ ।´

कार्यक्रमको अध्यक्षता स्वास्थ्यमन्त्री उत्तम जोशीले गरेका थिए । कार्यक्रममा मन्त्री श्रेष्ठलगायत जम्मा ३२ जनाले रक्तदान गरेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !