२३ बैशाख २०८१, आइतबार

महोत्तरीमा बसको ठक्करबाट एकै परिवारका ३ जनाको मृत्यु


दुर्घटना

महोत्तरी । महोत्तरी जिल्लामा सवारी दुर्घटनामा परी एकै परिवारका ३ जनाको मृत्यु भएको छ । आज बुधबार दिउँसो महोत्तरीको गौशाला नगरपालिका–१ रामनगरमा बसले ठक्कर दिँदा मोटरसाइकलमा सवार एकै परिवारका ३ जनाको मृत्यु प्रहरीले बताएको छ ।

महोत्तरीको सम्सी गाउँपालिकाबाट जनकपुरधाम आउँदै गरेको बा ३ ख २३९६ नम्बरको बसले मधेस प्रदेश ०१–००४ प ६८१९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा ३ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परेर सिरहाको कल्याणपुर नगरपालिका–१० बस्ने २६ वर्षीय अमृत मण्डल, उनकी २४ वर्षीया श्रीमती अञ्जु मण्डल र भतिजी ६ वर्षीया अन्सु मण्डलको मृत्यु भएको हो । मोटरसाइकललाई ठक्कर दिएपछि बस चालक भागेकोले उनको प्रहरीले खोजी गरिरहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !