६ जेष्ठ २०८१, आइतबार

महाकाली नदी उत्खननमा ९ जनाविरुद्ध ५ करोड बढीको भ्रष्टाचार मुद्दा


अख्तियार दुरुपयोग अनुसन्धान आयोग

महेन्द्रनगर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महाकाली नदीको उत्खनन सम्बन्धी ठेक्कामा ५ करोड रुपैयाँभन्दा बढीको भ्रष्टाचार ठहर गर्दै कञ्चनपुरको भीमदत्त नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ९ जनाविरुद्ध मुद्दा दायर गरेको छ ।

अख्तियारले भीमदत्तका नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ९ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको हो । आयोगले तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित लेखा अधिकृत, इन्जिनियर र ठेकेदार विरुद्ध बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

अख्तियारले तत्कालीन प्रमुख प्रशासकीय अधिकृत पुस्कर प्रसाद भट्ट, लेखा अधिकृत गोविन्दराज उपाध्याय, इन्जिनियर हिमालयसिंह ऐर, अधिकृत सुवास अधिकारी, नायव सुब्वा विष्णुदेव भट्ट र लेखापाल दिपेन्द्र चौधरी विरुद्ध मुद्दा दायर गरेको हो ।

नगरपालिकाले आर्थिक वर्ष २०७८/०७९ मा महाकाली नदीको नदीजन्य पर्दाथ (ढुङ्गा, मगट्टी, फारवुा, ग्राबेर) को बोलपत्र आह्वान गर्दा आर्थिक लाभ हुने गरी राज्यलाई हानी नोक्सानी पुर्‍याएको भन्दै ढुंगा, गिट्टी, बालुवा, ग्राभेल ) को बोलपत्र आह्वान गर्दा ठेकेदारलाई गैरकानूनी आर्थिक लाभ हुने गरी बदनियतपूर्ण ढंगले आर्थिक लाभ गराई राज्यलाई हानिनोक्सानी पुर्‍याएको पुष्टि भएकाले मुद्दा दायर गरेको अख्तिायरद्वारा जारी आरोपपत्रमा उल्लेख छ ।

रोयल्टी शुल्क उठाउने ठेक्कामा भीमदत्त नगरपालिका कन्चनपुरले भवानी कन्स्ट्रक्सन प्रा.लि. कन्चनपुरसँग ठेक्का सम्झौता गर्दा पाँच करोड त्रिचालीस लाख एकतीस हजार आठसय सत्ताइस रुपैयाँ छयहत्तर पैसा बराबरको राजस्व रकम हानिनोक्सानी गरेको भन्दै आरोपपत्र दायर गरेको अख्तियारले जनाएको छ। भिमदत्त नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकिय अधिकृत पुष्कर प्रसाद भट्ट र लेखा अधिकृत गोविन्द राज उपाध्यायले रु. १ करोड ९५ लाख ७२ हजार बराबरको नगरपालिकाको राजस्व चुहावट गरेको गरेको आरोपपत्रमा छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !