११ जेष्ठ २०८१, शुक्रबार

मोरङमा पोखरीमा डुबेर एक बालकको मृत्यु


मृत्यु प्रतीकात्मक तस्वीर

मोरङ । मोरङको पथरी शनिश्चरे नगरपालिका-५ स्थित पोखरीमा डुबेर एक जना बालकको मृत्यु भएको छ । हिजो दिउसो पथरी शनिश्चरे-५ का अनिश आचार्यको अढाई बर्षीय छोरा आईस आचार्य खेल्ने क्रममा घर नजिकै रहेको पोखरीमा डुबिरहेको अवस्थामा फेला परेका थिए ।

पोखरीमा डुबिरहेको अवस्थामा फेला परेका उनको बुबाले फेला पारी उपचारको लागि अरनिको अस्पताल उर्लाबारी लगेकोमा उपचार हुन नसकि थप उपचारको लागि एड्भान्स अस्पताल दमक लैजाने क्रममा बाटोमा नै मृत्यु भएको हो । घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय पथरीबाट थप अनुसन्धान भईरहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !