१५ बैशाख २०८१, शनिबार

यूएसएआईडी प्रमुखले आज प्रधानमन्त्री, अर्थमन्त्री र परराष्ट्रमन्त्रीलाई भेट्ने


समान्था पावर

काठमाडौँ । अमेरिकी विकास सहयोग नियोग (यूएसएआईडी) की प्रमुख समान्था पावरले आज प्रधानमन्त्री, अर्थमन्त्री र परराष्ट्रमन्त्रीलाई भेट्दै छिन् ।

नेपाल भ्रमणमा आज काठमाडौँ आएकी पावरले आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल र परराष्ट्रमन्त्री डा. विमला राई पौडेलसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको हो ।

नेपालमा नेकपा माओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नयाँ सरकार बनेसँगै पावर काठमाडौँ आएकी हुन् । एक साताअघि मात्र अमेरिकी विदेशमन्त्रालयको राजनीतिक मामिला हेर्ने उपमन्त्री भिक्टोरीया नुल्यान्डले नेपाल भ्रमण गरेकी थिइन् ।

नेपालमा रहँदा उनले नेपाल सरकार र जनतासँग अमेरिकाको ७५ वर्षभन्दा लामो साझेदारीलाई जोड दिने बताइएको छ । उनी राष्ट्रिय सुरक्षा परिषद्की सदस्यसमेत हुन् । उनी २ वर्षदेखि यूएसएआईडीको प्रमुख छिन् । उनी ७ फेब्रुअरीमा फर्किने कार्यक्रम रहेको छ ।

यो पनि पढ्नुहोस्

यूएसएआईडी प्रमुख समान्था पावर आइपुगिन् काठमाडौं


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !