२३ बैशाख २०८१, आइतबार

साढे १९ केजी सुनसहित त्रिभुवन विमानस्थलबाट सुडानी नागरिक पक्राउ


पक्राउ

काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट साढे १९ केजी सुनसहित एक जना सुडानी नागरिक पक्राउ परेका छन् । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको भन्सार कार्यालयबाट सुनको बेल्टसहित सुडानी युवक पक्राउ परेका हुन् ।

दुवईको फ्लाइटबाट नेपाल आएका ती सुडानी युवकलाई आज दिउँसो विमानस्थालमा भन्सारको टोलीले पक्राउ गरेको हो । पक्राउ परेका सुडानी युवकले साढे १९ केजी सुनको बेल्ट बनाइ लगाएर आएका थिए ।

विमानस्थलको भन्सारमा नियमित जाँचकै क्रममा सुन फेला परेको थियो । प्रहरीले ती सुडानी नागरिकलाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !