१४ बैशाख २०८१, शुक्रबार

कालीकोटमा जीप दुर्घटना : ३ जनाको मृत्यु, ७ जना घाइते


कालीकोटमा जीप दुर्घटना

मान्म । मुगुबाट सुर्खेत आउँदै गरेको जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । कालीकोटको तिलागुफा–५ खल्लागाडमा यात्रुवाहक जीप दुर्घटना भएको हो । मुगुबाट सुर्खेततर्फ जाँदै गरेको भे१च ४४१२ नम्बरको जीप आज दिउँसो कर्णाली राजमार्गमा दुर्घटना हुँदा ७ जना घाइते भएका छन् ।

दुर्घटनामा मुगु गमगढीका २१ वर्षीय अक्कल विश्वकर्मा, २१ वर्षीय रमेश बुढा र २५ वर्षीय सुदर्शन सेजुवालको मृत्यु भएको कालीकोटका प्रहरी प्रमुख जयश्वर रिमालले नेपालले जानकारी दिए ।

उहाँका अनुसार जीपमा १० जना सवार थिए । उनले भने, “एक जनाको घटनास्थलमा र दुई जनाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको हो ।” घाइतेको जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !