२१ बैशाख २०८१, शुक्रबार

टुकुचामाथिका संरचना भत्काउने महानगरको निर्णयविरूद्धका रिटको सुनुवाई आज


टुकुचा खोला

काठमाडौँ । काठमाडौं महानगरपालिकाले टुकुचामाथिका संरचना भत्काउने निर्णयविरूद्ध परेका रिटमाथि सुनुवाई आज हुँदैछ । टुकुचाको भूमिगत सुरूङमाथि बनेका घरहरू भत्काएको भन्दै उच्च अदालतमा परेको रिटहरूमाथि सुनुवाई आज हुने भएको हो ।

न्यायाधीश टेक प्रसाद ढुंगाना र बिमल सुवेदीको इजलासमा परेको उक्त मुद्दा पेशी सूचीको पहिलो नम्बरमा रहेको छ । यसअघि उच्च अदालत पाटनले टुकुचा खोला मिचेर खोला भूमिगत बनाइएका ठाउँमाथि बनेका संरचना नभत्काउन अल्पकालीन अन्तरिम आदेश दिएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !