१८ बैशाख २०८१, मंगलबार

बर्दियाको जब्दीघाटको पुल बाढीले बगायो


जब्दीघाटको पुल फाइल फोटो

बर्दिया । मङ्गलबार रातिदेखिको अविरल वर्षापछि आएको बाढीले बबई नदीको जब्दीघाटको पुल बगाएको छ । बारबर्दिया नगरपालिका र गुलरिया नगरपालिका जोड्ने पुल आठ वर्ष अघि निर्माण भएको थियो ।

विसं २०७१ मा बबईमा आएको बाढीले उक्त पुलको बिच भागको पिलर धस्सिएपछि क्षतिग्रस्त भएको थियो । केही दिनयताको लगातारको वर्षापछि बबई नदीको सतह बढ्ने क्रममा क्षतिग्रस्त बनेको पुलको बिच भागको स्पान, स्पर पिलर बगाएको प्रमुख जिल्ला अधिकारी बन्धु बास्तोलाले जानकारी दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !