२४ बैशाख २०८१, सोमबार

१० मा ८ हाम्रै नेपालका छन्:हिमशिखर फोटोफचर


संसारका १० अग्ला हिमालहरुमध्ये नेपालमा मात्रै अग्ला ८ हिमालहरु पर्दछन्।
वास्तवमै हामी नेपाली निकैनै धनि छौ, प्राकृतिक रुपमा, तर समय र राजनैतिक अस्थिरताले उस्तै गरिव पनि, नेपालीलाई हिमालका अग्ला आखाले हेर्दा लाग्छ, कति सुन्दर छ है नेपाल, तथापि हिमालले आफ्नो सौन्दर्यतालाई सिङ्गार्न कदापि छाडेका छैनन्।

आउनुहोस हामी जानौं अनि हेरौँ कि यी अग्ला १० हिमालहरु कुन कुन हुन् यिनिहरुको उचाई कति रहेको छ, नेपालभन्दा बाहिर रहेका केटु,न नङ्गा पर्वत कुन देशमा पर्दछन र यि अग्ला हिमशिखरहरुलाई कसले कहिले प्रथम अारोहण गरी विश्वकिर्तिमान गरेका थिए।

१० अग्ला हिमालहरु:
यहाँ अब ति सुन्दर हिमालहरुका बारेमा केहि जानकारी र फोटो हेर्न सक्नुहुन्छ।

१ ) सगरमाथा (Mt.everest)
सगरमाथा संसारको सबैभन्दा अग्लो हिमशिखर हो, यो  माउन्ट एभरेष्ट नामले पनि विश्व विख्यात रहेको छ। जसको उचाई समुन्द्र सतहबाट ८,८४८ मिटर (२९,०२८ फिट) रहेको छ। यो नेपालको सोलुखुम्बु जिल्लाको खुम्जुङ्ग गा.वि.स मा पर्दछ, यो हिमालको सर्वप्रथम अारोहण २९ मे १९५३ मा एडमण्ड हिलारी र तेन्जिङ् नोर्गे शेर्पाले गरेका हुन्।

Mt.everest

 

२) केटु (k2)-
केटु(k2) हिमाल लाई माउन्ट गडउीन असटेन नामले पनि चिनिन्छ,जुन संसारको दोस्रो अग्लो हिमशिखर हो। जसको उचाई समुन्द्र सतहबाट ८,६११ मिटर (२८,२५१ फिट) रहेको छ। यो हिमाल पाकिस्थान र चिनको सिमानामा रहेको वाल्टिस्थान भन्ने ठाउँमा पर्दछ, यो हिमालको सर्वप्रथम अारोहण ३१ जुलाई १९५४ मा एचिलि कम्पेग्नोनि र लिनो लासेन्देलि ले गरेका हुन्।

k2

 

३) कञ्चनजङ्घा(kangchenjunga)
कञ्चनजङ्घा हिमाल संसारको तेस्रो अग्लो हिमशिखर हो। जसको उचाई समुन्द्र सतहबाट ८,५८६ मिटर (२८,१६९ फिट) रहेको छ। यो नेपाल भारतको सिमानामा पर्दछ,जसमा केहि भाग भारतको सिकिम भन्ने स्थानको रहेको छ भने बाकि नेपालको ताप्लेजुङ्ग जिल्लामा पर्दछ, यो हिमालको सर्वप्रथम अारोहण २५ मे १९५५ मा जोए ब्राउन र जर्ज ब्यान्ड ले गरेका हुन्।

kanchanjunga

 

४) ल्होत्से(Lhotse)
ल्होत्से हिमाल संसारको चौथो अग्लो हिमशिखर हो। जसको उचाई समुन्द्र सतहबाट ८,५१६ मिटर(२७,९४० फिट) रहेको छ। यो हिमाल नेपाल र तिब्बतको सिमानामा खुम्बु भन्ने ठाउँमा पर्दछ। यो हिमाल सगरमाथाको नजिकै जोडिएर रहेको छ, यो हिमालको सर्वप्रथम अारोहण १८ मे १९५६ मा फ्रिच्ज लुचसिङ्गर र अर्नस्ट रिस ले गरेका हुन्।

lhotse

 

५) मकालु(Makalu)
मकालु हिमाल संसारको पाचौ अग्लो हिमशिखर हो। जसको उचाई समुन्द्र सतहबाट ८,४८१मिटर(२७,८३८ फिट) रहेको छ। यो हिमाल महालङ्गुर हिमश्रिङ्खला अन्तर्गत पर्दछ,यो नेपाल र चिनको सिमानामा रहेको छ, जुन संखुवासभा जिल्लामा पर्दछ, यो हिमालको सर्वप्रथम अारोहण १५ मे १९५५ मा लियोनेल टेरे र जिन कजि ले गरेका हुन्।

makalu

६) चो अोयु (cho oyu)
चो अोयु हिमाल संसारको छैटौ अग्लो हिमशिखर हो। जसको उचाई समुन्द्र सतहबाट ८,२०१ मिटर (२६,९०६ फिट) रहेको छ। यो हिमाल नेपाल र तिब्बतको सिमानामा रहेको खुम्बु भन्ने स्थान मा रहेको छ जुन सोलुखुम्बु जिल्लामा पर्दछ, यो हिमालको सर्वप्रथम अारोहण १९ अक्टुवर १९५४ मा हर्वट टेच्वि, जोसेफ जोच्लर र पासाङ्ग दावा लामाले गरेका हुन्।

Cho Oyu

 

७) धौलागिरि (dhaulagiri)
धौलागिरि हिमाल संसारको सातौ अग्लो हिमशिखर हो। जसको उचाई समुन्द्र सतहबाट ८,१६७ मिटर (२६,७९५ फिट) रहेको छ। यो हिमाल धौलागिरि हिमश्रृङ्खलाको पर्वि भागमा अवस्थित छ,जुन म्याग्दि र मुस्ताङ्ग जिल्लामा पर्दछ, यो हिमालको सर्वप्रथम अारोहण १३ मे १९६० मा स्विस र अष्ट्रियाका अारोहिले गरेका थिए्।

Dhaulagiri

 

८) मनास्लु (manaslu)
मनास्लु हिमाल संसारको आठौ अग्लो हिमशिखर हो। जसको उचाई समन्द्र सतहबाट ८,१६३ मिटर (२६,७८१ फिट ) रहेको छ। यो हिमाल मनसिरी हिमालय पर्वत श्रृङ्खला अन्तर्गत पर्दछ, जुन गोरखा जिल्ला मा रहेको छ, यो हिमालको सर्वप्रथम अारोहण ९ मे १९५६ मा जापानका अारोहिले गरेका थिए्।

Manaslu

 

९) नङ्गा पर्वत (Nanga Parbat)
नङ्गा पर्वत हिमाल संसारको नवौ अग्लो हिमशिखर हो। जसको उचाई समुन्द्र सतहबाट ८,१२६ मिटर (२६,६६० फिट) रहेको छ, यो हिमाल पाकिस्थान मा पर्दछ, यो हिमालको सर्वप्रथम अारोहण ३ जुलाई १९५३ मा हरमान बुल ले गरेका हुन्।

Nanga parbat

 

१०) अन्नपुर्ण (annapurna)
अन्नपुर्ण हिमाल संसारको दशौ अग्लो हिमशिखर हो। जसको उचाई समुन्द्र सतहबाट ८,०९१ मिटर (२६,५४५ फिट) रहेको छ। यो हिमाल अन्नपुर्ण हिमश्रृङ्खला अन्तर्गत पर्दछ, जुन नेपालको कास्की जिल्लामा पर्दछ, यो हिमालको सर्वप्रथम अारोहण ३ जुन १९५० मा फ्रान्सका मौसिर हर्जोगले गरेका हुन्।

Annapurna


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !