२१ बैशाख २०८१, शुक्रबार

सरकारलाई मानव अधिकार आयोगको आग्रह : जबरामाथिको अवरोध हटाऊ


राष्ट्रिय मानव अधिकार आयोग

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले सर्वोच्च अदालतका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथि सरकारले गरेको अवरोध हटाउन आग्रह गरेको छ ।

प्रधानन्यायाधीश जबराको निवास बालुवाटारमा अनुगमनपछि आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले आज एक प्रेस विज्ञप्ति जारी गर्दै संविधान र कानून अनुसार जबराको वैयक्तिक र आवतजावतको स्वतन्त्रता र गोपनीयताको अधिकार सम्मान गर्न आग्रह गरेका हुन् ।

आयोगले जबरालाई सुरक्षाकर्मीहरूले विनाकारण निवासबाट बाहिर निस्कन नदिई नजरबन्द समेत गराएको भन्ने जस्ता समाचार आएपछि अनुगमन गर्न बालुवाटारस्थित जवराको सरकारी गएको थियो ।

प्रतिनिधिसभा अन्तर्गतको महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश जबरालाई महाभियोग लगाउन सिफारिस गरेपनि जबराले सोलाई अस्वीकार गर्दै आज सर्वोच्च अदालत जान खोजेपछि सरकार र जबराबीच टसल उत्पन्न भएको हो ।

आयोगले जबराको निवासमा आवत-जावत गर्ने व्यक्तिको निगरानी गरिएको, आवासबाट बाहिर निस्कने सवारी साधन जाँचमा कडाइ गरिएको र जबराको सवारी स्कर्टिङ टोलीसमेत हटाइएको पाइएको जनाएको छ ।

यस्तो छ हेर्नुस् आयोगले निकालेको विज्ञप्ति

आयोगले निकालेको विज्ञप्ति

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !