१४ बैशाख २०८१, शुक्रबार

काठमाडौँको थापागाउँमा अनधिकृत संरचनामाथि चल्यो महानगरको डोजर


महानगरको डोजर

काठमाडौं । काठमाडौं महानगरपालिकाले काठमाडौंको थापागाउँ क्षेत्रमा रहेका अनधिकृत संरचना हटाएको छ । यसअघि सूचना जारी गरेर जानकारी दिँदा समेत अनधिकृत संरचना नहटाएपछि महानगरले आज शुक्रबार डोजर लगाएर नै हटाइएको हो ।

६ मिटर बाटो रहेको थापागाउँ क्षेत्रको गल्ली मिचेर बनाइएका तीन वटा पक्की घरले मिचेको भाग डोजर लगाएर हटाएको महानगरले बताएको छ । यस्तै दुई वटा टहरा पनि हटाउने काम भएको महानगरको भनाइ छ ।

आजै मात्रै महानगरपालिकाले नयाँबानेश्वर क्षेत्रका अनधिकृत संरचना हटाउन डोजर चलाएको छ । सडक सीमा मिचेर बनेका संरचना र पसल हटाउन महानगरपालिकाले डोजर चलाएको हो ।

डोजर लगाउने क्रममा केहि घरधनीहरुले विरोध गरेका थिए । महानगरपालिकाले काठमाडौंका बिभिन्न स्थानमा निरन्तर रुपमा अनधिकृत संरचना हटाउँदै आएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !