१४ बैशाख २०८१, शुक्रबार

महानगरले कोटेश्वर क्षेत्रको अवैध संरचना आज भत्काउँदै


अवैध संरचना फाइल फोटो

काठमाडौं । काठमाडौं महानगरपालिकाले कोटेश्वर क्षेत्रमा बनाइएका अवैध संरचना आज भत्काउने भएको छ । काठमाडौं महानगरले अवैधरुपमा निर्माण भएका र सार्वजनिक जग्गा मिचेर निर्माण गरिएका सम्पूर्ण संरचना भत्काउने काम निरन्तर जारी राख्ने भएको हो ।

यस क्षेत्रका व्यापारीलाई आफै अन्डरग्राउन्ड पार्किङ खाली गर्न भनिएको छ । महानगरको टोली नक्सा पास नगरी अन्डरग्राउन्ड पार्किङमा बनाइएका संरचनाको अनुगमनमा आज दिउँसो जाने भएको हो ।

हिजो बुधबार सुन्धरास्थित काठमाडौं मलको आसपासमा निर्माण भएका अनधिकृतरुपमा बनाइएको संरचनामा डोजर लगाएर भत्काइएको छ । यस्तै प्रमुख शाहको उपस्तिथिमा न्यूरोडस्थित आरबी कम्प्लेक्सले बनाएका अनधिकृत संरचना पनि डोजर लगाएर भत्काइएको छ । बुधबारनै प्रमुख शाहले दरबारमार्ग पुगेर अनधिकृत संरचना हटाउन निर्देशन दिएका थिए ।

कामपाले बबरमहलमा रहेको जिल्ला अदालत काठमाडौंलाई नक्सा पास भएको विवरण पठाउन पत्राचार गरेको छ । अदालतलाई पत्र पठाउँदै कामपाले नक्सा पास नभएको पाइए कानुनी प्रक्रिया अघि बढाउने चेतावनी दिएको छ ।

हाल बेसमेन्ट र अन्डरग्राउन्ड पार्किङ राख्ने सर्तमा कर छुट लिइरहेका ३५ भवन रहेको कामपाले जनाएको छ ।

यो पनि पढ्नुहोस्

काठमाडौँ महानगरले भन्यो- अवैध संरचना निरन्तर भत्काइन्छ


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !