२१ बैशाख २०८१, शुक्रबार

दार्चुला जिप दुर्घटना (अपडेट) : सवै मृतकहरुको सनाखत


दार्चुलामा जीप दुर्घटना

दार्चुला । दार्चुलामा जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन् । ।

शैल्यशिखर नगरपालिकाको गोकुलेश्वरबाट आज दिउँसो दार्चुला सदरमुकाम खलङ्गा आउँदै गरेको से१ज ५५१ नम्बरको जिप शैल्यशिखर नगरपालिका–६ उलानीमा दुर्घटनामा परेको हो ।

जिप दुर्घटनामा परी मृत्यु हुनेमा बझाङ जिल्ला बुङ्गल नगरपालिका–८ का उज्जलसिंह बोहरा, हिक्मत जागरी, पुने बोहरा, रैभान बोहरा र चम्फा बोहरा रहेका छन् ।

जिप सडकबाट झण्डै २५० मिटर तल खसेको थियो । घाइतेहरूको गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !