१५ बैशाख २०८१, शनिबार

अर्थमन्त्री शर्माको प्रेस विज्ञमा मनऋषि धिताल नियुक्त


मनऋषि धिताल

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माको प्रेस विज्ञमा मनऋषि धिताल नियुक्त भएका छन् । जनादेश साप्ताहिकका पूर्वसम्पादक धिताललाई अर्थमन्त्री शर्माले आफ्नो प्रेस विज्ञको रूपमा धिताललाई नियुक्त गरेका हुन् ।

यसअघि सो जिम्मेवारीमा अजित अधिकारी थिए । धिताल लामो समयदेखि अस्ट्रेलियामा बस्दै आएका पुराना पत्रकार हुन् । जुम्लाका धिताल अस्ट्रेलियामा बसे पनि पत्रकारितामै क्रियाशील थिए ।

माओवादी द्वन्द्वकालमा युद्ध सँवाददाता रहेका थिए । माओवादीमा डा. बाबुराम भट्टराईनिकट रहेका उनी भट्टराईले पार्टी छाडेर हिँडेपछि तटस्थ रहेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !