२० बैशाख २०८१, बिहिबार

मेरिगोल्ड ओभरसिजविरुद्ध वैदेशिक रोजगार न्यायाधिकरणमा मुद्दा दायर


वैदेशिक रोजगार न्यायाधिकरण

काठमाडौँ । वैदेशिक रोजगार विभागबाट इजाजतपत्र लिई सञ्चालनमा रहेको मेरिगोल्ड ओभरसिज प्रा.लिका सञ्चालक र कर्मचारी विरुद्ध ठगी आरोपमा वैदेशिक रोजगार न्यायाधिकरण बबरमहलमा मुद्दा दायर गरिएको छ ।

संस्थाका सञ्चालक र कर्मचारीले रोजगारीको लागि युक्रेन लगायतका देशमा पठाइदिन्छु भन्दै ३८ जनाबाट १ करोड ८६ लाख १५ हजार २ सय रकम लिई रोजगारीमा नपठाइ ठगी गरेको भन्दै उजुरी विभागमा आएकाले उक्त उजुरीका आधारमा न्यायाधिकरणमा मुद्दा दायर गरिएको हो ।

विभागले अनुसन्धान गर्दा संस्थाका सञ्चालक रविन्द्र कुमार श्रेष्ठ, भावनी प्रसाद कोइराला, याम बहादुर कार्की र कर्मचारी अमिर थुलुङ्गेले वैदेशिक रोजगार ऐन २०६४ को दफा ४४ बमोजिमको र गणेश प्रसाद मैनाली, सुरज कार्की र दिपेश गुप्ताले ऐनको दफा ४३ बमोजिम कसुर गरेको पुष्टि भएको छ ।

उनीहरुले ठगी गरेको ३८ जनाबाट १ करोड ८६ लाख १५ हजार २ सयको ५० प्रतिशतले हुन आउने हर्जना क्षतिपूर्ति वापतको ९३ लाख ७ हजार ६ सय समेत गरि २ करोड ७९ लाख २२ हजार ८ सय पिडितहरुलाई दिलाउने गरी निवेदन दिइएको छ ।

मेरिगोल्ड ओभरसिज प्रा.लिविरुद्ध विदेशिक रोजगार ऐन २०६४ को दफा ४४ र ४३ अनुसार कैद सजाए वा संस्था खारेजी हुने प्रावधान अनुसार कारवार्हि गरिने विभागले जनाएको छ । विभागले यो आर्थिक वर्षमा ४ वटा संस्थाविरुद्ध ठगी मुदा दायर गरेको विभागका निर्देशक एंव सुचना अधिकारी कृष्ण प्रसाद भुसालले जानकारी दिएका छन् ।

मेरिगोल्ड ओभरसिज


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !