१९ बैशाख २०८१, बुधबार

दाङमा १४ वर्षीय किशोरले ३ वर्षीया बालिकालाई बलात्कार गरी भीरबाट खसाले


यौन शोषण

दाङ । दाङमा १४ वर्षीय किशोरले बलात्कार गरी ३ वर्षीया बालिकालाई भीरबाट खसालेका छन् । प्रहरीका अनुसार ती किशोरले बालिकालाई बलात्कारपछि ४० मिटर अग्लो भिरबाट खसालेका थिए ।

ती बालिकाको बलात्कार गरेर भीरबाट खसालेको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीले बताएको छ । बालिकाको घरमा आँप खान गएका बबई गाउँपालिका–४ का ती किशोरले बालिकालाई बलात्कार गरेकाे इलाका प्रहरी कार्यालय तुल्सीपुरले जनाएको छ।

बालिकालाई बलात्कार गरेपछि किशोरले बालिकाले कानमा लगाएको सुन समेत लुटेका थिए । ती बलात्कृत बालिकाको नेपालगन्जमा उपचार भइरहेको छ । बालिकाको स्वास्थ्य अवस्था सुधार भइरहेको प्रहरीले जनाएको छ ।

ती किशोर यसअघि पनि पटक-पटक यस्ता क्रियाकलापमा संलग्न रहेका प्रहरीले जनाएको छ । ती किशोरलाई अहिले इलाका प्रहरी कार्यालय तुल्सीपुरमा राखिएको छ । आरोपी किशोरले अपराध स्वीकार गरिसकेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !