२१ बैशाख २०८१, शुक्रबार

भक्तपुरको दुवाकोटमा घरभित्रै जलेको शव भेटियो


शव फेला

भक्तपुर । चाँगुनारायण नगरपालिका–२ दुवाकोट फक्सिङटार बस्ने ८४ वर्षीय जगतप्रसाद शिल्पकारको शव जलेको अवस्थामा फेला परेको छ ।

आफ्नै घरको भुइँतलाको कोठामा कम्मरदेखि माथिको भाग जलेर मृत्यु भइरहेको अवस्थामा शव भेटिएको भक्तपुर महानगरीय प्रहरी परिसरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए ।

प्रहरीले घटनास्थलको प्रारम्भिक अनुसन्धान गरी शवपरीक्षणका लागि काठमाडौँ मेडिकल कलेज पठाएर घटनाबारे थप अनुसन्धान गरिरहेको उनले जानकारी दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !