८ बैशाख २०८१, शनिबार

अर्थमन्त्री शर्माले राजीनामा दिएपछि काममा फर्किए अर्थसचिव मरासिनी


मधु मरासिनी

काठमाडौं । अर्थसचिव मधुकुमार मरासिनी काममा फर्किएका छन् । हिजो बुधबार अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिएपछि सचिव मरासिनी मन्त्रालय फर्किएका हुन् ।

बजेट निर्माण प्रक्रियामा विवादित बनेका अर्थमन्त्री शर्मा प्रकणमा मुछिएपछि अर्थसचिव मरासिनी बिदामा बसेका थिए । उनी हिजोदेखि नै लागू हुने गरी अनिश्चितकालका लागि बिदामा बसेका थिए ।

बिदा लिनुअघि प्रधानमन्त्री, अर्थमन्त्री शर्मा र मुख्यसचिवलाई उनले जानकारी गराएको बताइएको थियो । अनधिकृत व्यक्ति सहभागी गराई बजेट निर्माण गरेको विषयमा उनको समेत नाम मुछिएपछि अप्ठ्यारोमा परेर बिदामा बसेका थिए ।

उनी बिदा छोट्याएर आज बिहीबार मन्त्रालय हाजिर भएका हुन् । तत्कालिन अर्थमन्त्री शर्माले पत्रकार सम्मेलन गर्ने जानकारी पाएपछि उनी श्रीमती बिरामी भएको भनेर मन्त्रालयलाई जानकारी दिएर बिदामा बसेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !