१४ बैशाख २०८१, शुक्रबार

कास्कीमा एकाबिहानै ४.९ रेक्टर स्केलको भूकम्पको धक्का महसुस


भूकम्प

काठमाडौं । कास्की जिल्लामा आज एकाबिहानै भूकम्पको धक्का महसुस गरिएको छ । गण्डकी प्रदेशको राजधानी पोखरालगायत यस आसपासका क्षेत्रमा आज बिहानै भूकम्पको धक्का महसुुस भएको हो ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आज बिहान ३ बजेर ५६ जाँदा कास्कीको माछापुच्छ्रे गाउँपालिका–७ धम्पुस केन्द्रविन्दु भएर ४.९ रेक्टर स्केलको धक्का महसुस गरिएको हो ।

भूकम्पको धक्का कास्कीसहित यस आसपासका बागलुङ, पर्वत, म्यादी र तनहुँसम्म महसुस गरिएको स्थानीयवासीले बताएका छन् । धम्पुसका वडाध्यक्ष वैकुण्ठ भण्डारीले ठूलो धक्का दिए पनि बिहानसम्म क्षतिको कुनै विवरण प्राप्त नभएको जानकारी दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !