२४ मंसिर २०७९, शनिबार

पहिरोले अवरुद्ध नारायणगढ-मुग्लिन सडक दुइतर्फी सञ्चालन


नारायणगढ-मुग्लिन सडक

मुग्लिन । पहिरोका कारण अवरुद्ध नारायणगढ-मुग्लिन सडक सञ्चालनमा आएको छ । आज बिहान ११ः३५ बजे चितवनको इच्छाकामना–६ तोपेखोलामा सुक्खा पहिरो खस्दा सडक दुइतर्फी अवरुद्ध बनेको थियो ।

पहिरो पन्छाएर अहिले साँझ ५ः४० बजेदेखि सडक दुइतर्फी सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीले जानकारी दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !